नियम ३७
नक्कल लिने दिने सम्बन्धी कार्यविधि
(१) आयोगमा उपलब्ध हुने कागजातको नक्कल लिन चाहनेले सरोकारवालाले प्रति पाना रु.५ का दरले नक्कल दस्तूर सहित अनुसूची–
१५ बमोजिमको ढाँचामा आयोगमा निवेदन दिनु पर्नेछ । तर कुनै सरकारी कार्यालयलाई नक्कल प्रदान गर्दा नक्कल दस्तूर लिईने छैन ।
(२) आयोगबाट मुद्दा नचल्ने, तामेलीमा राख्ने निर्णय भएका विषयसँग सम्बन्धित मिसिल संलग्न कागजातहरूमध्ये आयोगमा दिएको बयान वा आयोगको निर्णयको प्रतिलिपि सम्बन्धित अधिकृतले उपलब्ध गराउनेछ ।
(३) उपनियम (२) मा जुनसुकै कुरा लेखिएको भएतापनि आयोगमा विचाराधिन अवस्थामा रहेको कुनै पनि विषयसँग सम्बन्धित कागजातको नक्कल उपलब्ध गराईने छैन ।
(४) नक्कल दिंदा सक्कलसँग रुजू गरी सक्कल बमोजिम नक्कल ठीक छ भनी रुजु गर्ने कर्मचारीले प्रमाणित गरेपछि सम्बन्धित अधिकृत समक्ष पेश गरी दिनु पर्नेछ । तर कुनै कागजातको नक्कल नदिने गरी आयोगबाट निर्णय वा आदेश भएमा
सोको नक्कल दिइने छैन ।